काठमाडौ । नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ अधिवेशनले तुल्सी शिवाकोटीको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाँच पदाधिकारीमध्ये उपाध्यक्षमा किरण माली, सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित गरेको छ । दुर्ई उपसचिवमा महिलातर्फ विजया खड्का र खुलातर्फ शालिग्राम सुवेदी रहुनभएको छ ।
आठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष शिवाकोटी र सचिव पराजुलीले कार्यथलो पुगेर सदस्यता वृद्धि गर्दै संगठित हिसाबले जिल्ला कमिटी अघि बढाउने र आगामी तीन वर्षमा जिल्ला कमिटीमध्ये मजदुर विशेष जिल्ला कमिटीलाई उत्कृष्ट जिल्ला कमिटी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अधिवेशनले महिला, युवा, होटल, युनिट्राभ, यातायात, अटो, क्युपेक, स्वरोजगार, नेभा, स्वास्थ्य, सुरक्षा, बाप्सु, सफाइ, इम्प्रेसन स्पोटर््स, उपत्यकाका काठमाडौं महानगरपालिकासहित उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नगरसहितका प्रतिनिधिलाई समेटेर सदस्य निर्वाचित गरेको छ । सदस्यमा रञ्जु थापा, गंगा नकर्मी, गीता लामिछाने, कुमारी घिमिरे, कल्पना आचार्य, अनुपा अर्याल, उदास श्रेष्ठ, निमप्रसाद बराल, कोपिला मैनाली, रमा गजुरेल, हरिभक्त अर्याल, शारदा धिमाल, विदुरप्रसाद भट्टराई, अमरबहादुर तामाङ रहेका छन् ।
त्यसैगरी शंकर थापा, विष्णु लामा, प्रदिप घिमिरे, कीर्तिनिधि विष्ट, यमकली तामदामी, पूर्णप्रसाद देवकोटा, नानीमैया बस्नेत, मिना गुरुङ डंगोल, राजेन्द्र सिंह ठकुरी, भैरवकुमार श्रेष्ठ, चन्द्रसागर लामा, ईश्वरबहादुर दुवाडी, कृपा कार्की, रोशन शाही, टेकनारायण यादव, डाकबहादुर राउत, टेकबहादुर पौडेल, मालती महत थापा, प्रकाश बस्नेत रहेका छन् ।
अन्य सदस्यमा दिवाकर पोखरेल, रामकुमार ढुंगाना, शिवकुमार श्रेष्ठ, बिलबहादुर कार्की, यादवप्रसाद ढकाल, मञ्जु ज्ञवाली, कुमारप्रसाद ढुंगाना रहेका छन् भने बाबुराम कोइरालाको अध्यक्षतामा गठित पाँच सदस्यीय लेखा कमिटी उपाध्यक्षमा शंकर घिमिरे, सचिवमा साजन श्रेष्ठ र सदस्यमा रञ्जु जोशी र शारदा जैशी शर्मा रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा