धनगढीका नगर प्रमुख हमालकी छोरी आरती सम्पर्कमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छन् । सोमवारदेखि भारतको गोवाबाट सम्पर्क विहीन भएकी आरती हमाल परिवारको सम्पर्कमा आएकी हुन् ।

पारिवारीक स्रोतअनुसार उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोष्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाकाअनुसार उनीहरु भारतको गोवामा छन् । अहिले उनी सम्पर्कमा आएपछि बैनी आरजु हमाल र उनका श्रीमान् रीतेज भट्ट गोवा पुगेका छन् ।

ADVERTISEMENT

नगर प्रमुख हमालकी जेठी छोरी आरती सोमवारदेखि सम्पर्क विहीन भएपछि परिवारले खोजिदिन सबैमा आग्रह गरेका थिए । आरती ओशो साधक हुन् । परिवारका अनुसार ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?