अन्तर्राष्ट्रिय खुशी दिवस : दुःखमा पनि कसरी खुसी रहने ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइदै छ।संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ।

यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो। जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ।

सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो। यो प्रस्ताव आएको दुई वर्षपछि सन् २०१३ मा राष्ट्र संघका १९३ सदस्य राष्ट्रले एकसाथ अन्तर्राष्ट्रिय खुशी दिवस मनाए। त्यसयता हरेक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ।

खुशी कसरी हुने ?
खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुशी हुन्छन त कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी हुन्छन ।

कोही चाँही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्छन । जे जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो।

खुशीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ। तपाईंलाई कसरी खुशी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ।

हरेक दिन ऐना अगाडि मुस्कुराउँनुस्

हामी खुशी मुस्कानमा समेत झल्किन्छ । हामी जब खुशी हुन्छौँ तब हाँस्छौँ। मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुशी हुन्छौँ।

हाँसोको मतलब बनावटी हाँसो होइन। हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुस्, खुशी हुन सिकिन्छ।

डायरी या टिपोट गर्ने बानी बसाल्नुस्

लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि योजना बनाउने राम्रो माध्यम हो। यसरी लेख्दा मन हल्का हुन्छ।लेख्नका लागि तपाई विद्धान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन। हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुस्।

साथीभाइ वा प्रेमीसँग भेट्नुस्

ADVERTISEMENT

मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ। साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुस् ।

प्रत्यक्ष भेट्नै सकिएन भने पनि फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण पनि आनन्दाभूती दिने हुन्छ। जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन्।

धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ। एउटै साथी भए पनि काफी हुन्छ। एउटै साथी धेरै नै मिल्ने भए, उसलाई प्रेमी बनाउँदा पनि फरक पर्दैन । उमेरले प्रेमलाई छेक्दैन ।

कसरत गर्नुस्

कसरत शरीरका लागि मात्र आवश्यक छैन। नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ।

थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ। ५ मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ। त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ।

रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ। त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ। नृत्य गर्नुहोस्, आफ्नो मन परेको खेलकुद खेल्नुस् खुशी भइन्छ।

हामीभित्रै छ, खुसी

खासमा खुसी भन्ने कुरा भौतिक कुराबाट प्राप्त हुने होइन । यद्यपी त्यो खुसीको माध्याम भने बन्न सक्छ । जब मानसिक विकार हटाएर सकारात्मक सोंच, धारणाको विकास हुन्छ, खुसी आफै प्राप्त हुन्छ । अतः सुखी जीवनको लागि आफ्नो जीवनशैली पनि परिवर्तन गर्नुपर्छ । स्वस्थ्य र सन्तुलित जीवनशैलीले हामीलाई दुखी हुने अवस्थामा पुर्‍याउँदैन । स्वस्थ्य जीवन र स्वस्थ्य मन नै खुसीको आधार हो ।

योग, व्यायाम, प्राणायम जस्ता कुराबाट पनि मनलाई शान्त र खुसी तुल्याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?