प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रश्ताव पारित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रश्ताव पारित गरेको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

सभामुख देवराज घिमिरेले भन्नुभयो, ‘जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रुपमा निर्वाचित सदस्य विक्रम संवत २०४६ सालको आन्दोलनबाट राजनीतिक यात्र शुरुवात गर्नुभएकी मञ्जु शर्मा अन्सारीको ६० वर्षको उमेरमा मिति २०८० साल चैत्र ४ गते आईतवार उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।’

ADVERTISEMENT

सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गर्नुभएकी ६० वर्षीया उहाँको चैत्र ४ गते (आज बिहान) काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोली) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?