काठमाडौं । नेपालका लागि आधिकारिक आयातकर्ता कुबेर एण्ड सन्सले अन्तर्राष्ट्रिय ब्राण्डको बास्डन ट्र्याक्टर नेपाली बजारमा ल्याएको छ । नेपाल भित्रिएको एक महिनामै ७५ थान बिक्री भएको र एक सय ५० वटा अर्डर आएको कम्पनीले जनाएको छ । बहुउपयोगी, कम इन्धन खर्च हुने र भाइब्रेसन पनि अन्य ट्र्याक्टरभन्दा कम हुने, सेल्फ स्टार्ट इन्जिन, फ्लेक्जिबल स्टेरिङ भएकाले कृषकमाझ छोटो समयमा लोकप्रियता बढेको कुबेर एण्ड सन्सका प्रबन्ध निर्देशक जेपी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले वर्षाैँदेखि मेसिनरी बिक्री गर्दै आएका छौँ तर बास्डन कम्पनीको नयाँ ट्र्याक्टर कृषकले छोटो समयमा निकै मन पराउनुभएको छ, हामीलाई थप अर्डर आउने क्रम बढेको छ । कृषि यान्त्रीकरणमा यस्ता उपकरणले योगदान गर्ने भएकाले हामी उपभोक्ताको मागबमोजिम काम गर्न प्रतिबद्ध छौँ ।’
घिमिरेका अनुसार चीनमा उत्पादित अमेरिकी कम्पनीको बास्डन ट्र्याक्टर बहुउपयोगी रहेको छ । ट्रली जोडेर सामान ढुवानी गर्न, स्प्रे जोडेर ठूला बगैंचामा स्प्रेयर गर्न, वाटर पम्प जोडेर पानी तान्न, रिपर जोडेर धान, गहुँ, तोरी काट्न, डिचर जोडेर ङ्याङ बनाउन र थ्रेसर जोडेर सबै प्रकारका बालीनाली थ्रेसिङ गर्न पनि सकिन्छ ।
ट्र्याक्टरको मूल्य दुर्ई लाख रुपैयाँ रहेको छ भने बिक्रीपछिको सेवामा एक वर्ष वारेन्टी रहेको र ट्र्याक्टर देशभरका कुबेर एण्ड सन्सका डिलर तथा बास्डनका आधिकारिक बिक्रेताबाट अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।
बास्डन एक अमेरिकी बहुराष्ट्रिय कम्पनी हो, जसको उत्पादन प्लान्ट चीनमा छ । हाल नेपाल भित्रिएको ट्र्याक्टरको इन्जिन ४५६ सिसीको छ भने एकदेखि तीनसम्म फर्वाड गियर र एक ब्याक गियर हुन्छ । जोत्ने बेलामा ट्रिलिङ गियर र बाटोमा हिँडाउन वा ट्रलीमा चलाउन वाकिङ गियर पनि हुन्छ । बाटोको प्रकृति र जोत्ने जमिनका आधारमा मेन गियर लिभरबाटै टु हिृवल र फोरहिृवल सिम्टममा चलाउन सकिने घिमिरेको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच