राष्ट्रियसभाको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ ।सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आब्हान गरिएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फवाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्नुहुने छ ।

दिगो ब्यवस्थापन तथा सुशाषन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गर्नुहुने छ ।

बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘खाध्ध अधिकार तथा खाध सम्प्रुभता सबन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिबेदन २१०८० सभा समक्ष पेश गर्ने कार्यसुची रहेको छ ।

ADVERTISEMENT

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा ब्यावसायिक बातावरण प्रवर्दन सबन्धी केही एेनलाइ संसोधन गर्न बनेको बिधेयक २०७९’ माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन र उनले सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ ।

साथै, राष्टियसभा नियमावली, २०७५ को संसोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा (दोस्रो संसोधन नियमावली) २०८० माथी दफावार छलफल गरियोस’ भन्ने प्रस्ताव पेश गर्नुहुने छ, भने लगत्तै ‘पारित गरियोस’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?