टोकियोमा इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

टोकियो । जापानको राजधानी टोकियोमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) को अन्तर्राष्टिय सम्मेलन-२०२४ शुरु भएको छ ।

बिहीवारबाट जापानको राजधानी टोकियोमा सम्मेलन शुरु भएको हो । सम्मेलनलाई जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पु‍र्‍याउन आह्वान गर्नुभयो । उहाँले जापान र नेपालको सम्बन्ध सन् १९५६ कुटनीतिक रुपमा औपचारिक सम्बन्ध रहेको बताउँदै नेपाल रजापानबीच जनस्तरकासँग धार्मिक र संस्कृतिक सम्बन्ध रहेको बताउनु भयो ।

उहाँले नेपाल र जापानबीच सामाजिक, धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध कायम रहेको बताउनु भयो । उहाँले जापान नेपाली शिक्षाको इतिहासले जोडिएको बताउनु भयो । गोदावरी फूल र हलुवावेद जापानबाटै नेपालमा आइपुगेको दाबीसमेत गर्नुभयो । ईन्जाले अफ्ठ्याराेमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्‍याएको योगदान महत्वपूर्ण भएको जिकिर गर्नुभयो । उहाँले इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पु¥याउन अन्य संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थ रुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्यांकन गर्दै उहाँले जनस्तरमा समेत सम्बन्ध बिस्तार हुँदै गइरहेको धारणा व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

सम्मेलनमा ईन्जाका अध्यक्ष गुणराज लुइँटेलले आगामी दिनमा ईन्जालाई अझै व्यवस्थित ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो । नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विश्वभरका पत्रकार, पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उल्लेख गर्नुभयो ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरुलाई उपचार लगायत आवश्यक सहयोग गर्दै आइरहेको छ । पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रिय सदस्य ध्रुव पौडेल, विनेश खनाल, इन्जा एशियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पिया लगायतको सहभागी रहेको छ ।

ईन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शितल, सचिव दीपक रिजाल, केन्द्रिय सदस्य रिता सापकोटा, एशिया शाखाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष आनन्द कोईराला, एनआरएनए एशिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाल लगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलवद्ध गर्न पुर्‍याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?