उद्योग बाणिज्य संघ बर्दघाटको मेला लगाउने निर्णयप्रति ब्यवसायीको बिरोध

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 7 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटमा मेला लगाउने निर्णय गरेसंगै ब्यवसायीको चर्को बिरोध शुरु भएको छ ।

समाजिक संजालमा अहिले ब्यापकरुपमा मेलाको बिषयमा धेरै कुराहरु आइरहँदा उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बिहिबारको बैठकले मेला लगाउने निर्णय गरेको बताउनु भयो । संघका महासचिव गागा पाठकले बर्दघाटमा फाल्गुन १७ देखी २९ गतेसम्म मेला संचालन गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

केहि दिन अगाडी उद्योग बाणिज्य संघको टोलीले बर्दघाट नगरपालिका र जिल्ला प्रशासन नवलपरासीबाट अनुमति लिइसकेको भनिएपनि अहिले सम्म अनुमति नदिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो । जिल्ला प्रशासनबाट आज सम्म बर्दघाटमा मेला लगाउनका लागि अनुमति नदिएको उहाँले बताउनुभयाे ।

बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले संघको टोलीसंग नगरमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयाे, 'संघले ब्यवसायीहरुको भेला बोलाइ भेलामा मेला लगाउने बिषयमा व्यापक छलफल गर्नु भनेका हौं । उद्याेगी र ब्यापारीहरुको संस्था उद्योग बाणिज्य संघले नगरका ब्यावसायीहरुलाई फाइदा हुने गरि मेला लगाउनु पर्ने हुन्छ ।'

उद्योग बाणिज्य संघले मेला लगाउने भने पछि मेला लगाउने र नलगाउन बीच बर्दघाटका ब्यापारीहरुमा मतमतान्तर देखिन्छ । नगरमा केहि ब्यापारी साथीहरुले मेला नलाउने बिषयमासमेत कुरा राख्नु भएको बताउदै नगर प्रमुख श्रेष्ठले सबै ब्यापारीलाई आइतबार मेलाको बिषयमा छलफल गर्न बोलाइएको बताउनु भयो ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरले उद्योग बाणिज्य संघको समन्वयमा छुट्याइएको ५ लाख मेलामा खर्च नगरिने बताउनु भयो । उहाँले मेला संघले नै सम्पुर्ण ब्यवस्थापन गर्दा राम्रो हुने सुझाव दिएकाे र ठेक्का नै दिए पनि मनोरञ्जन कर लगाइने बताउनुभयाे ।

संघका अध्यक्ष न्यौपानेले दुई चार जना फेन्सी ब्यवसायीहरुले विरोध गरेकाे र अरु कोहि कसैले बिरोध नगरेकाे बताउनु भयो । बर्दघाटको पहिचान झल्काउन पनि मेला लगाउनु जरुरी रहेको न्यौपानेको भनाइ छ ।

तर संघका सस्थापक उपाध्यक्ष यम बहादुर क्षेत्रीले अहिलेको आर्थिक अवस्थाका कारण मेला लगाउनु ठिक नभएको बताउनु भयो । उहाँले भन्नुभयाे, 'आर्थीक मन्दीमा यो मेला लगाउनु भनेको यहाँका लोकल ब्यपारीको छातीमा लात हान्नु हो ।' संघका केहि पदाधिकारीलाई मेला लगाउँदा कमिसन आइरहेको हुनाले संघले मेला लगाउने निर्णय गरेको क्षेत्रीको आराेप छ ।

ADVERTISEMENT

बर्दघाटका स्थानीय ब्यापारी बोधराज खनाल (रोसन)ले अहिलेको समयमा मेला उचित नहुने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, 'अहिले मेला लगाउँदा स्थानिय ब्यापारीको अहितमा छ । त्यसैले मेला हुनु हुदैन ।'

उद्योमी कुमार आलेले लेख्नुहुन्छ, 'राम्रो लग्यो , ब्यापार चौपट छ अलि अलि हुने र भयको पनि बाहिरको ले आयेर लगिदिन्छन , न रहेगा बास नबजेगि बासुरी, आनन्द ।'

स्थानीय ब्यवसायी रमेश बस्यालले मेला लगाउन नहुने बताउनु भयो । 'मेला लगाउनु हुदैन । यस्तो मन्दिको बेला त्यसै व्यापारी पीडित छन अझै पिडित बनाउनु हुदैन मेला लगाएर,' बस्यालले भन्नुभयो ।

संघका निर्वतमान महासचिव दिनेश न्यौपानेले मेला लगाए आफैले लगाउनु पर्ने बताउनु भयो । 'बर्दघाटको बिकासमा मेला लगाउदा आर्थिक चलायमान हुन्छ तर सबै व्यापारी उद्योगीहरुसङ्ग छलफल गरि स्थानीयलाई प्राथमिकता दिइ संघ आफैले मेला लगाउनु पर्छ,' न्यौपानेले भन्नुभयो । मेलाका नाउमा बाह्या पक्षहरुको बर्दघाटको आर्थिक गतिविधिमा हाबी भएको बताउदै उहाँले मेला अरुलाई ठेक्कामा दिनु नहुने जिकिर गर्नु भयो ।

बर्दघाट बजार बिकास समितिका सदस्य एवं दाजुभाइ स्टोरका संचालक गोबिन्द आचार्यले मेलाबाट बर्दघाटका ब्यवसायी र उपभोक्ताले केही नपाउने बताउनुभयाे ।

पन्चनगर बजार बिकास समितिका अध्यक्ष रामजी चापागाईंले मेलाले स्थानीय ब्यवसायीलाई फाइदा नहुने बताउदै मेला गर्न नहुने बताउनु भयो । चापागाईंले भन्नुभयो, 'यदि मेला गर्ने हो भने किन स्थानीय लाई जिम्मा न दिने । बाहिरको ब्यापारी लाई २५ लाख दिनु भन्दा स्थानीयलाई दिएर तेहि रकममा कुरा गर्दा उद्याेग वाणिज्य संघलाई के गाह्राे भयो त । आखिर येहिको ब्यवसायमा टेवा पुग्ने न हो । येहि बर्दघाटमा पनि ठुला ठेकेदार छन क्यारे । कि कमिसन माग्न लाज लाग्छ र ? सुटुक्क दिउलानी हुन्न र ?'

ज्यामिरेभार बजार बिकास समितिका अध्यक्ष नरेन थापा (नारायण)ले उद्योग बाणिज्य संघले कुनै पनि बजार बिकास समितिसंग समन्वय नगरेको बताउनु भयो । उहाँले भन्नुभयाे, 'अहिले ब्यवसायीका पिर मर्का एकातिर छन् । संघले मलम लगाउनु त कहाँ हो कहाँ ! झन नुन चुक दल्ने निर्णय गरेछ, अहिले मेला लगाउनु हुदैन ।' मेला लगाउदा हाट बजार गर्ने र स्थानीय ब्यापारीलाई मार पर्ने थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?