
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ ।
आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा माओवादी नेता हिमाल शर्माले पदाधिकारीसहित प्रत्यक्ष निर्वाचनबाट चयन गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव सरकारलाई पेस गर्नुपर्ने सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्का नेता दिलीपकुमार प्रजापतिले पार्टीलाई जनतासमक्ष लैजान नयाँ विधानले सहयोग गर्ने विश्वास व्यक्त गरिएको उल्लेख गर्दै जातीय छुवाछूतलाई गम्भीर अपराधको रुपमा राख्नुपर्ने सुझाव पेस गर्नुभयो । केन्द्रीय सदस्यको सङ्ख्या सकेसम्म कम गर्नुपर्ने सुझाव दिँदै उहाँले पूर्णकालीन पार्टी सदस्यको स्पष्टरुपमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेताहरुले पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्ने र पदाधिकारीहरुलाई प्रत्याह्वान गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधवार १३ वटा समूहले समूहगत छलफलको प्रतिवेदन बैठकमा पेश गरेका थिए । समूहगत छलफलको निचोड बैठक समक्ष प्रश्तुत गर्दै नेताहरुलाई पार्टी कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिएका हुन् ।
त्यस्तै पार्टीका पदाधिकारीहरुलाई ‘प्रत्याह्वान’ गर्ने व्यवस्था गर्नुपर्नेमा पनि नेताहरुको जोड छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुले पार्टीको विधान उल्लंघन हुँदैन भन्ने कुराको ग्यारेन्टी नेतृत्वले गर्नुपर्ने धारणा राखेका जानकारी दिनुभयो । पार्टीको केन्द्रिय कमिटी १५१ जनाको बनाउन अधिकांशको सुझाव रहेको पनि उहाँले बताउनु भयो । विधानलाई संक्षिप्त बनाउँदै नियमावली व्याख्यात्मक बनाउनुपर्ने सुझाव पनि नेताहरुले दिएका छन् । त्यस्तै पदाधिकारी र स्थायी कमिटीमध्ये एउटा कमिटी मात्रै राख्नुपर्ने नेताहरुले सुझाव राखेका उहाँले बताउनु भयो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले पार्टी केन्द्रीय सदस्यहरुको परिवारको सम्पत्ति पार्टीकरण गरेर सामूहिकतामा जान सुझाव दिनुभएको छ ।
मंगलबारबाट सुरु विधान अधिवेशनमा २० वटा समूह बनाएर सामूहिक छलफलका क्रममा दाहालले आफ्ना तर्फबाट सात सुझाव प्रस्तुत गर्नुभएको छ ।

काठमाडौँ । गृह मन्त्रालयले आगामी वर्ष २०८१ को सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सूचीमा २०८१ सालको सार्वजनिक र पर्व बिदाहरूको रहेका छन् ।
गृह मन्त्रालयले २०८१ साल वैशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं । व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपाले आफ्नो आन्दोलन विथोल्न खोजेको आरोप लगाउनु भएको छ ।
आज पत्रकार सम्मेलन गरी उहाँले आफू एमालेमा जान्छु भन्ने कुरा कल्पनाबाहिरको कुरा भएको बताउनु भयो । ‘दुर्गा प्रसाईँ राप्रापामा भित्रिन्छ भन्ने कल्पना बाहिरको कुरा । म एमालेको केन्द्रीय सदस्य छँदैथिए नी । त्यो भन्दा त अलि गतिलो पार्टी हो नि त,’– उहाँले भन्नुभयो ।

काठमाडौं । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ । आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ ।
वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् । वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्दछन् । वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ ।

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ ।
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिनुभयो ।

काठमाडौं । जिल्ला अदालत काठमाडौंका एकजना शाखा अधिकृत बलात्कार आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन्।
उनलाई ललितपुर प्रहरीले माघ २८ गते पक्राउ गरेको हो ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिवीको उपकुलपति बनाउन लागेको जिकिर गर्नुभएको हो ।
बुधवार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल बुधबारको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । वर्षाले प्रभावित खेलमा जितका लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट शुरुवात गर्दैछ । नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरेका हुन् । नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसिसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच