काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम छ महिनामा निर्यात ७.२ प्रतिशतले घटेर ७४ अर्ब ९७ करोडमा झरेको छ । समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यात भने ८३.५ प्रतिशतले बढेर आठ अर्ब ७० करोड पुगेको छ । समीक्षा अवधिमा यार्नको निर्यात भने ३.५ प्रतिशतले घटेर पाँच अर्ब ८३ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यात पनि ४.३ प्रतिशतले घटेर पाँच अर्ब २३ करोडमा झरेको छ ।
तयारी पोशाक निर्यात भने १६.१ प्रतिशतले बढेर चार अर्ब ९७ करोड पुगेको छ । जुट तथा जुटका उत्पादनको निर्यात ६.५ प्रतिशतले घटेर तीन अर्ब ७९ करोडमा सीमित भएको छ । अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात ६.१ प्रतिशतले घटेर दुर्ई अर्ब ४८ करोडमा झरेको छ भने जुस निर्यात ४५.० प्रतिशतले बढेर तीन अर्ब ८० करोड पुगेको छ ।
निर्यातमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कच्चा पाम तेल आयात ६१.२ प्रतिशतले घटेर छ अर्ब ४८ करोडमा सीमित भएको छ भने कच्चा भटमास तेल आयात पनि ६७.१ प्रतिशतले घटेर सात अर्ब ८१ करोडमा झरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार पाम तेल निर्यात पनि ७९.२ प्रतिशतले घटेर दुई अर्ब ७२ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात भने ४.४ प्रतिशतले बढेर तीन अर्ब ९० करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यात पनि १४.६ प्रतिशतले घटेर दुई अर्ब १४ करोडमा सीमित भएको छ । तर, अदुवा निर्यात ७२.४ प्रतिशतले बढेर ९४ करोड पुगेको छ । नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १२.८ प्रतिशतले घटेर ५० अर्ब ४५ करोडमा झरेको छ । नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७१.६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा सो हिस्सा ६७.३ प्रतिशतमा झरेको छ ।
आयात छ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ ४.५ प्रतिशतले घटेर एक खर्ब ४१ अर्ब ३४ करोडमा झरेको छ । फलाम तथा स्टिल र तिनका उत्पादन आयात २.१ प्रतिशतले घटेर ७६ अर्ब ४८ करोडमा झरेको छ भने मेसिनरी तथा पार्ट्स आयात १.५ प्रतिशतले घटेर ४८ अर्बमा झरेको छ । कच्चा भटमास तेलको आयात ६७.१ प्रतिशतले घटेर सात अर्ब ८१ करोडमा झरेको छ भने औषधि आयात पनि १०.० प्रतिशतले घटेर १९ अर्ब ९६ करोडमा झरेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री भने ४.२ प्रतिशतले बढेर ३२ अर्ब ६५ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ३७.२ प्रतिशतले बढेर ३६ अर्ब ३१ करोड पुगेको छ भने कच्चा पाम तेल आयात ६१.२ प्रतिशतले घटेर छ अर्ब ४८ करोडमा सीमित भएको छ । खाद्यान्न आयात पनि २०.७ प्रतिशतले घटेर २२ अर्ब २३ करोडमा झरेको छ ।
समीक्षा अवधिमा तयारी पोशाक आयात भने ४६.० प्रतिशतले बढेर १९ अर्ब २८ करोड पुगेको छ । दूरसञ्चारका सामग्री आयात २.२ प्रतिशतले घटेर १९ अर्ब २२ करोडमा झरेको छ भने सुनको आयात पनि ५९.३ प्रतिशतले घटेर ११ अर्ब ८८ करोडमा झरेको छ । आयात पनि ३.१ प्रतिशतले घटेर छ खर्ब ६८ अर्ब १७ करोडमा झरेकाले चालु आर्थिक वर्ष २०८०÷८१ के प्रथम छ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा २.६ प्रतिशतले घटेर झण्डै सात खर्ब अर्थात् छ खर्ब ९३ अर्ब २० करोडमा झरेको छ ।
नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, चीन, युएई, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, नेदरल्याण्ड्स र टर्की प्रमुखरूपमा रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा