आज हाम्रो देशमा व्यवस्थालाई दोष दिएर खोलो धमिलाउने र धमिलो खोलामा माछा मार्ने दाउ खेल्ने तत्व अझ बढी सक्रिय बन्न थालेका छन् । वास्तवमा त्यस्तो होइन, व्यवस्था आफैंमा गलत होइन, पात्र गलत भए त्यसो भएर यस्ता बहस उठन थालेका हुन् । अब व्यवस्था परिवर्तनतिर होइन, गलत पात्रहरू फाल्नेतिर लागौं त्यसो भयो भनेमात्र यो मुलुकको भविष्य बन्न सक्छ । यही व्यवस्थाभित्रबाट मुलुकको भविष्य उज्ज्वल बनाउन लाग्नुपर्छ ।
पुराना राजनीतिक दल र तिनका पुराना नेताहरूबाट अब मुलुकले कुनै आश नगरे हुन्छ । तिनीहरूबाट अब केही हुँदैन । नेपाली जनताले फरक राजनीतिक दल र परिणाम खोजिरहेका छन्, आजको माग पनि त्यो हो । पुराना दलप्रति जनतामा वितृष्णा बढेर गएको छ । आज जनताले रास्वपा र रवि लामिछानेप्रति किन आर्कषण बढाइरहेका छन् ? यसको जवाफ पुराना दलहरूसँग छ ? रवि जहाँ पुग्छन् त्यहाँ जनसागर किन उर्लिरहेको छ ? यो विषयमा पुराना दलहरू गम्भीर भएनन् भने २०८४ सालमा पत्तासाफ हुने निश्चित छ ।
शासन प्रणालीलाई सही ढंगले चलाउन जानेमात्र जनता आशावादी हुन सक्छन् । जनतामा आशा नपलाएको व्यवस्था कमजोर बन्न सक्छ । लोकतान्त्रिक व्यवस्था बलियो भएमात्र जनता बलियो बन्न सक्छन् । व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन नै लोकतान्त्रिक व्यवस्था हो ।
किनभने पुराना दलहरू पटक-पटक सरकारमा गए तर देश र जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेनन् । त्यसो भएर आमजनता पुराना पार्टी र पुराना नेतालाई मन पराइरहेका छैनन् । पुराना पार्टीहरूमा देश बनाउने एजेण्डा भएन । नेताहरूले जनतालाई सपना बाढेर आफ्नो दुनो सोझाउनमात्र ध्यान दिए । जसका कारण आमजनताका समस्या आज पनि ज्यूँका त्यूँ छन् । जसले गर्दा आमजनमानसमा निराशा व्याप्त व्याप्त छ ।
जनता सम्पन्न नभएसम्म देशको विकास हुन सक्दैन । धेरै जनता दुःखमा छन् । बिहान-बेलुका राम्रोसँग खान पाइरहेका छैनन् । देशमा रोजगार नभएर धेरै युवाहरू विदेश पलायन छन् । विदेश गएका युवाहरू देश सम्झेर रुँदै काम गरिरहेका छन् । विदेशमा काम गर्न त्यति सजिलो छैन । आज युवादेखि बुढा बुढीहरूसम्म किन रवि-रवि भनिरहेका छन् ? जनतामा देखिएको वितृष्णा र आक्रोस हो । यो कुरा बुझेर पनि पुराना दलहरू र तिनका नेता बुझ पचाइरहेका छन् । देश बर्बाद हुनेबाहेक अरू केही हुँदैन । अझै दलहरू सुध्रने हो भने केही हुन्छ । सुध्रँदैनन् भने आफैं सकिने हो ।
पात्रहरूको व्यवहार, बुझाइ र प्रवृत्तिमा परिवर्तन हुन सकेन । त्यसले गर्दा समस्या भएको हो । कुनै पनि प्रणाली खराब हुँदैन, पात्र खराब भएपछि सबै बिग्रन्छ । तसर्थ प्रणाली होइन पात्र असफल हुन् । यी असफल पात्रहरूलाई अब छिट्टै बिदा गर्नुपर्छ । यो कुरामा विभिन्न दलका युवा नेताहरू गम्भीर बन्न जरुरी छ । स्वतन्त्रता, समानता र लोकतन्त्र जनताको चाहनाको कुरा हो तर नेपाली नागरिकले यी कुरामा राखेको अपेक्षाभन्दा बढी उपेक्षा पाउँदै आएका छन् । जसले गर्दा जनतामा निराशा बढेर गयो । नागरिकबेगरको देश र देशबेगरको राजनीतिको परिकल्पना गर्न सकिँदैन । राजनीतिले नै देशको नेतृत्व गर्छ ।
शासन प्रणालीलाई सही ढंगले चलाउन जानेमात्र जनता आशावादी हुन सक्छन् । जनतामा आशा नपलाएको व्यवस्था कमजोर बन्न सक्छ । लोकतान्त्रिक व्यवस्था बलियो भएमात्र जनता बलियो बन्न सक्छन् । व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन नै लोकतान्त्रिक व्यवस्था हो । निर्वाचनबाट बहुमत प्राप्त दल सत्तापक्ष र अल्पमतमा हुने दल प्रतिपक्षका रूपमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक संसदीय प्रणालीमा प्रतिपक्षको भूमिकालाई महत्वपूर्ण मानिन्छ । दलहरू जनमत प्राप्त नभए पनि सत्तामै जान खोज्छन् । यो खराब प्रवृत्ति हो । लेनदेनले राजनीति फोहोरी खेल बन्न पुगेको छ । यतिसम्म कि दर्शन, विचार र कार्यक्रम केही मेल नखानेहरूसँगै सत्तामा आसीन हुन पुराना दल र तिनका नेताहरूलाई लाज सरम केही छैन ।
यस्तो पनि राजनीति हुन्छ ? यी कुरा सामान्य भइसकेका छन् । नेतृत्वको स्वार्थ मिलेपछि जो जससँग पनि मिलेर सरकार बनाउन र भत्काउन तयार हुन्छन् । राष्ट्रिय सहमतिको नाममा संसद्लाई प्रतिपक्षविहीनजस्तै बनाइन्छ । संसद्मा हुने कार्यहरूमा सक्रियता जनाउन सांसदहरूको व्यक्तिगत अधिकारहरूको रक्षा आवश्यक हुन्छ । त्यसो भएमात्र जनता र राष्ट्रको पक्षमा आवाज उठाउन, नीतिनियम बनाउन र स्वतन्त्र रूपमा आफ्ना काम सम्पन्न गर्न सहज हुन्छ । तर, उनीहरूलाई नेतृत्वले लगाम लगाएर राखेको अवस्था छ । शीर्ष नेतृत्वको स्वार्थ मिल्नासाथ सत्तापक्ष र प्रतिपक्ष मिलिहाल्छन् । सरकारमा बस्दा नीतिगत मतभेद देखिँदैन ।
सत्ता साझेदार दलका सांसदले अपेक्षित कार्यक्रम र बजेट आएन भनेर संसद् वा पार्टीमा आवाज उठाएको सुनिँदैन । संसद्मा सांसदको भूमिका भनेको आफ्नो नेताको इसारामा ताली बजाउने र विरोध जनाउनेमा सीमित छ । अहिलेसम्म कुनै सरकारले आफ्नो अवधि पूरा गर्न सकेनन् । यसबीच पटक-पटक संसद् विघटन गर्ने काम नभएको होइन । संसदीय शासन प्रणालीको स्थायित्व र जनविश्वासका लागि स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन प्रणाली एउटा आधारभूत स्तम्भ हो । तर, निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्दैन । लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक पात्र इमानदार बन्न जरुरी छ ।
हामीले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणालीले कुनै एक दललाई सजिलै बहुमत प्राप्त गर्न दिँदैन । पाउने भनेकै त्रिशंकु संसद् हो । त्रिशंकु संसद्मा सबैले प्रधानमन्त्री नै खोज्छन् । यस्तोमा सत्ताको फोहोरी खेल सुरु हुन्छ । अहिले प्रदेश संरचनाप्रति नै प्रश्न उठ्न थालेको छ । संघीयता यो देशले धान्न नसक्ने अवस्था बन्दैछ । राजनीतिक स्थयित्व नभएसम्म देश बन्न सक्दैन । यो कुरा सबैलाई थाहा छ । शिक्षा, स्वास्थ्य, रोजगारको प्रत्याभूति हुन नसक्दा देशमा ठूलो समस्या देखिएको छ । दलहरूको ध्यान मिसन ८४ मा छ । २०८४ अगाडि देशको भविष्य कस्तो बनाउने ? देशका युवा शक्तिहरूलाई के गर्ने ? जनताका आधारभूत समस्या कसरी हल गर्दै जाने ?
राष्ट्रको आवश्यकता भनेको देश र जनताका लागि समर्पित भएर लाग्ने योग्य र इमानदार व्यक्ति हो । तर, हामीकहाँ अधिकांश व्यक्तिगत स्वार्थमै रुमलिरहेका छन् । राज्यसत्ताको शक्तिलाई होस् या पार्टीको शक्तिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति व्याप्त छ ।
नेपालका राजनीतिक दल र तिनका नेताहरू किन यी र यस्ता विषयमा विमर्श गदैनन् ? कुनै प्रणाली आफैंमा सर्वगुणसम्पन्न हुन सक्दैन । प्रणालीले स्वतः काम गर्ने पनि होइन । प्रणाली सञ्चालन गर्न पात्र नै चाहिन्छ तर पात्र नै राम्रा नभएपछि प्रणाली जति उत्कृष्ट भए पनि परिणाम दिन सक्दैन । राजनीति पात्रहरू राम्रा नहुनाले देश बर्बादीतिर जान लागेको हो । प्रणाली सञ्चालन गर्ने पात्रहरूको प्रवृत्तिमा सुधार नआएसम्म केही गर्न सकिँदैन । सत्ता स्वार्थको राजनीतिले आज मुलुक बर्बाद भएको छ । अब हामी नबोले को बोल्ने ?
सत्तामा जानेका आसेपासे र आफन्त आर्थिक रूपमा सम्पन्न भइसकेका छन् । जनता हिजो जुन अवस्थामा थिए आज पनि त्यस्तै छन् । त्यही भएर जनतामा वितृष्णा जागेको हो । जनता सूक्ष्म ढंगले सबै कुरा हेरिरहेका छन् । देशको शासनसत्ता चलाउनेहरूको बानी ब्यहोरा कार्यशैली सबै जनताले हेरेका छन् । आज यसरी भन्न सकिन्छ जनता उकुसमुकुसको अवस्थामा छन् । नयाँ पार्टीहरूले केही नयाँपन दिन्छन कि भनेर जनता उतै जान लागेको संकेत पनि देखिँदै छ । यस्तो अवस्था सिर्जना हुँदै गयो भने ठूला दलहरूलाई भोलि ठूलै संकट पर्ने निश्चित छ । किनभने जनताले मन दुखाए भने जता पनि जान सक्छन् ।
यसको फाइदा रवि लामिछानेदेखि दुर्गा प्रसाईंसम्मलाई हुने देखिन्छ । पछिल्लो पटक जनता यिनैको पछि लागेको देखिँदैछ । जहाँ उनीहरूले कार्यक्रम आयोजना गर्दछन् त्यतै भीड देखिन्छ यो के हो ? यस विषयमा गम्भीर भएर ठूला दलले समयमै समीक्षा गरेर आफूलाई सच्याएनन् भने उनीहरूलाई राम राम भन्नु बाहेकको अर्को विकल्प हुने छैन । देशको बागडोर सम्हालेर बसेकाले परिस्थितिलाई दोष दिएर उम्कन मिल्दैन । अहिलेको मुख्य समस्या भनेको इमानदार मान्छेको अभाव नै हो । योग्य भएरमात्र हुँदैन मुख्य कुरा इमानदारी हो । हामीकहाँ कुनै पनि जिम्मेवारीमा रहेका व्यक्ति आफ्नो स्वार्थ अनुसार काम गर्न चाहने नै भेटिन्छन् ।
राष्ट्रको आवश्यकता भनेको देश र जनताका लागि समर्पित भएर लाग्ने योग्य र इमानदार व्यक्ति हो । तर, हामीकहाँ अधिकांश व्यक्तिगत स्वार्थमा नै रुमलिरहेका छन् । राज्यसत्ताको शक्तिलाई होस् या पार्टीको शक्तिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति ब्याप्त छ । आमजनतामा देखिएको बढ्दो निराशा, महँगी, व्याप्त भष्ट्राचार, बेरोजगारी र राजनीतिक नेतृत्वको अदूरदर्शीताका साथै व्यक्तिगत स्वार्थका कारण विभिन्न कालखण्डबाट प्राप्त उपलब्धिको सुनिश्चितता भन्दा थप जटिलतातर्फ उन्मुख त होइन भन्ने संशय पैदा भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा