काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम ‘एक्सचेञ्ज विद लभ’ आयोजना गर्ने भएको छ । माघ २७ गतेदेखि तीन दिनसम्म आयोजना हुने एक्सचेञ्जमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडी साट्न सकिनेछ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि र चाहनालाई मध्यनजर गर्दै एक्सचेन्ज कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स महाराजगञ्ज र जेबी मोटर्स बालकुमारी र उपत्यकाबाहिरका शोरुममा एक्सचेञ्ज कार्यक्रम आयोजना हुने बताइएको छ ।
एक्सचेञ्ज कार्यक्रममा ग्राहकले आकर्षक एक्सचेञ्ज बोनस, निःशुल्करूपमा इभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच