
काठमाडौं । एभरेष्ट बैंक र धनगढी नेत्रालय प्रालिबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै एभरेष्ट बैंकका सम्पूर्ण ग्राहकले उक्त नेत्रालयका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी र उनीहरूका पारिवारिक सदस्यहरूले उक्त अस्पतालबाट ओपिडी तथा आइपिडी र चस्मा तथा फ्रेममा १० प्रतिशत र फार्मेसी तथा सर्जरीमा पाँच प्रतिशतसम्मको छुट पाउनेछन् ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द, बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्ज्वलकुमार पोखरेलको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच