काठमाडौं । एमजी ब्राण्डका गाडीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले गाडी आगलागीबारेका समाचारप्रति असन्तुष्टि जनाएको छ । कम्पनीले गाडीको कमजोरीका कारण नभई विद्युत् तार सर्ट भएर आगलागी भएको गाडीधनी आफैंले बताएको भन्दै समाचारहरूमा गलत भाष्य प्रयोग भएको गुनासोसमेत गरेको छ । गाडीधनीले बिमा दाबीको प्रक्रिया अघि बढाएको र प्रचलित कानुनबमोजिम बिमाबापतको रकम भुक्तानी प्रक्रियासमेत अघि बढेको कम्पनीको भनाइ छ । गाडीधनीले कम्पनीलाई अन्य क्षतिपूर्तिका लागि कुनै माग नगरेको अवस्थामा जथाभावी प्रचार भइरहेको भन्दै कम्पनीले आपत्ति जनाएको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार पारामाउण्ट मोटर्सको झापास्थित डिलरबाट २०७८ सालको फागुन १० गते एमजी इजेडएस इभी बिक्री भएको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको गाडीमा गत पुस ९ गते आगलागी भएको थियो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ३ देउवाचोकमा चार्जमा रहेको अवस्थामा गाडीमा आगलागी भई नष्ट भएको थियो । कम्पनीले पुस १८ गते विज्ञप्ति जारी गर्दै सोही विषय जानकारी दिएको थियो । साँझ ६ बजेदेखि चार्जमा राखेको गाडीमा बिहान १ बजेर १५ मिनेटको समयमा विद्युत््को तार सर्ट भई आगलागी भएको कम्पनीको दाबी छ । कम्पनीले त्यतिबेला प्राप्त भएको सर्जिमिन (प्रहरी मुचुल्का) र पत्राचारलाई नै आधार मानेर सूचना जारी गरेको र ग्राहकसँग कुनै पनि सम्झौता नगरेको पनि कम्पनीको जिकिर छ ।
आगलागी भएको गाडीका सम्बन्धमा गाडी उत्पादक कम्पनी (एसएआइसी मोटर इन्टरनेसनल चाइना)ले अध्ययन गरी प्रतिवेदन उपलब्ध गराएको पनि पारामाउण्टले जनाएको छ । उत्पादक कम्पनीले गरेको प्राविधिक विश्लेषण तथा अध्ययनबाट गाडीमा आगो अगाडिबाट पछाडितर्फ बलेको, तेल चुहिने तथा मेकानिकल फेलियर नभएको देखिएको बताइएको छ । गाडीमा अप्रत्यासित जलन तथा सर्ट सक्र्युट नदेखिएको, ब्याट्रीमा आगोको कुनै प्रभाव नरहेको र गुणस्तरमा कमजोरी नदेखिएको कम्पनीको दाबी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा