यौन र प्रेमका कुरा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । यौनको नाता केवल प्रेम र संभोगसँग मात्र सम्बन्धित छैन । यसले मानव शरीर र त्यसको आवश्क्तालाई पनि परिभाषित गर्छ । प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो । प्रेमबिनाको जीवन अपूर्ण मात्र हुँदैन । प्रेमबिनाको जीवनको कल्पना नै गर्न सकिँदैन । प्रेम, सहानुभूतिले सम्बन्धमा नयाँपन ल्याउँछ । प्रेम सच्चा र यथार्थ भयो भने यौन सुरु हुन सक्छ ।

प्रेमबिनाको जीवनलाई अधिकांशले जीवन नै नभएको रुपमा परिभाषित गर्ने गर्दछन् । यदि सार्थक जीवन व्यतीत गर्ने हो भने प्रेम आवश्यक मात्र होइन, अनिवार्य नै छ ।

भनिन्छ- प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन् । जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ, त्यस्तै हृदयलाई प्रेमको प्यास हुन्छ । जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तरतम मनले सतत् प्रेम मागिराखेको हुन्छ । जब कसैले तपाईंलाई प्रेमपूर्ण आँखाले हेर्छ पहिलोचोटि आफू व्यर्थ नजन्मिएको बोध हुन्छ । आफ्नो अस्तित्वले कमसेकम एक हृदयलाई भए पनि आनन्दित तुल्याएको भावले एक गहन आत्मसम्मान र तृप्ति दिन्छ । प्रेमको आत्मसम्मानबाट वञ्चित व्यक्तिहरू या त अति महत्वाकाङ्क्षी बन्छन् र संसारको धन, सम्पदा, मानमर्यादा जितेर आफूलाई सम्मानित प्रमाणित गर्ने दुश्चेष्टामा लाग्छन् ।

प्रेम र जीवन एक–अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वत सत्य भनिएको हो, तर पनि कतिपय मानिस कृत्रिम सत्य (जो हामी आँखाले देखिरहेका छौँ) को आडमा शाश्वत सत्यलाई ढाक्न खोज्छन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । मनोवैज्ञानिक धरातलप्रति मानिसहरू उदासीन छ । जब कि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।

यौन सम्पर्कका क्रममा महिलाहरु जब पार्टनरप्रति प्रेम दर्शाउछन्, उनीहरु अधिक सुन्दर देखिन्छन् । यो भावनात्मक कुरा मात्र होइन । यसको बैज्ञानिक कारण पनि छ । जब यौन सम्पर्कको बेला महिलामा एस्ट्रोजनको स्तर दुई गुणा बढ्छ, त्यसैले उनीहरुको अनुहारको छाला नरम हुन्छ । केस चम्किलो हुन्छ । त्यसबेला उनीहरुको रक्त प्रवाह समेत बढ्छ, जसले महिलाहरु आकर्षक देखिन्छन् ।

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

ADVERTISEMENT

यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

प्रायःजसो पुरुषहरू साँचो र गहिरो प्रेम सम्बन्धको लागि होइन, शारीरिक आवश्यकता परिपूर्ति गर्नका लागि महिला निकट रहन चाहन्छन्।

पुरुषहरु सम्मानको भोका हुन्छन्। कुनै पनि महिलाबाट सम्मानजनक व्यवहार होस् भन्ने चाहन्छन्। निकै महत्त्व दिएर अन्तरक्रिया गरोस्, बोली नरमरमिठो होस्, प्राथमिकतामा राखोस्, हरेक सुखदुःख र संकटमा साथ देओस्, अनि कहिल्यै बेवास्ता नगरिदेओस् भन्ने अपेक्षा राखेका हुन्छन्।

-पत्रपत्रिकाको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?