काठमाडौं । एनएमबी बैंकको २८औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयर धनीतर्फबाट सञ्चालकमा मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित हुुनुभएको छ । सर्वसाधारण सेयर धनी समूहबाट सञ्चालकमा उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी रहनुभएको छ ।
एफएमओतर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनीत गरी पठाइएको बैंकले जनाएको छ । एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा भएको साधारणसभामा सञ्चालक र सेयर धनीको उपस्थिति थियो ।
२०८० असारसम्म बैंकको खुद नाफा तीन अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा