
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल वादोरियो कराते संघको आयोजनामा भएको चौथो राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खेल क्षेत्रको विकास केवल युवाहरुको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरुले राष्ट्रिय पुलको काम गर्नसक्ने बताउनु भयो । उहाँले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण र अन्तर्राष्ट्रिय कुटनीतिमा महत्वपूर्ण सावित हुने बताउनु भयो । उहाँले खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सिमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले मुलपानी मैदान तल्लो, मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोईराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरु छन् । ती मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो । पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले यो यथार्थतालाई पुष्टि गर्दछ । मेरो तेस्रो कार्यकालमा खेलाडीहरुको वृत्ति विकास र प्रोत्सहनलाई केन्द्रमा राखेर काम गर्दै आएको छु । देश भित्र र बाहिर विभिन्न प्रतियोगितामा विजयी हुनै खेलाडीलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ । मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रीपरिषद्को बैठकले मुलपानी मैदान तल्लो र मोरङको वैदनाथपुरमा निर्माणाधिन गिरिजाप्रसाद कोईराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गर्ने निर्णय गरेको थियो । नेपालको इतिहासमै एकैपटक तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको रुपमा घोषणा गरिएको छ, यो गर्व र खुशीको कुरा हो । अब ति रंगशालाहरु निर्माण कार्यमा द्रुतता आउनेछ । अब खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सिमित रहेन । आजको संसारमा खेलकुदको महत्व बहुआयामिक छ । हाम्रो जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्वपूर्ण आयाम हुनसक्छ । अन्तर्राष्ट्रिय कुटनीतिमा पनि खेल क्षेत्रको निकै ठूलो महत्व छ । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरुले राष्ट्रिय पुलको काम गर्न सक्दछन् । खेल क्षेत्रको विकास केवल युवाहरुको मात्रै मुद्दा होइन, राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्छ ।’
प्रधानमन्त्री दाहालले देशको विकास र प्रगतिका निम्ति प्रशस्त सम्भावनामध्ये खेलकुद क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । प्रधानमन्त्रीको आफ्नो तेस्रो कार्यकालमा खेलाडीहरुको वृत्ति विकास र प्रोत्सहनलाई केन्द्रमा राखेर काम गर्दै आएको दाबी गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच