भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिनुभयो ।

“बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “रातिको समयमा घटना भएको देखियो ।” उहाँले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताउनुभयो ।

ADVERTISEMENT

“प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी हुनुहुन्थ्यो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?