कान्तिपुर पव्लिकेशनविरुद्ध रवि लामिछानेले हाले गाली–बेइज्जतीको मुद्दा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराउनु भएको छ ।

आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै रास्वपाका सभापति समेत रहनु भएको लामिछानेले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको हो ।

कान्तिपुरले पछिल्लो समय सहकारीको रकम हिनामिना गरेको आरोपसहित प्रकाशित गरेको समाचारमा आफ्नो नाम मुछेर आफ्नो चरित्रहत्या गरेको उहाँको आरोप छ ।

मुद्दा दर्तापछि आफूले पाएको तारिख पर्चा सामाजिक सञ्जालमा सेयर गर्दै सभापति लामिछानेले नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको बताउनु भएको छ ।

कान्तिपुर र इकान्तिपुरले आफूलाई जोडेर प्रकाशित गरेका समाचारहरु झूटो रहेको उहाँले दाबी गर्दै आउनु भएकाे छ ।

ADVERTISEMENT

प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानूनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उहाँको माग छ ।

मुद्दामा कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान लगायतलाई प्रतिवादी बनाइएको छ ।

सहकारी पीडितको पक्षमा दरिलो उभिन सकिनँ भने यो अनुहार लिएर भोट माग्न आउँदिन भन्दै रविले लेख्नुभएको छ, 'एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?