सिराहाका १७ वटै पालिकाहरूमा पौंने ७ अरब भन्दा बढिको बेरुजु

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 9 mins

सप्तरी । सिराहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिहरूबाट उक्त बेरुजु रकम ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ असुल गर्नुपर्ने पाइएको देखिएको महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले देखाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भएपनि कुनैपनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्ने तर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन ०७९ अनुसार सबैभन्दा बढी सिराहा नगरपालिकाको ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ बेरुजु छ । साथै दोस्रोमा लहान नगरपालिका ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्नेलगायत छन् ।

सिराहा नगरपालिकाको गत आर्थिक वर्ष सम्म ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको आर्थिक वर्ष २०७८/०७९ सम्मको अद्यावधिक गर्दा ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।

यसै गरी लहान नगरपालिकाको गत वर्ष सम्म ६२ करोड २४ लाख ११ हजार रुपैयाँ रहेको बेरुजु महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख भए अनुसार ८५ करोड ४ लाख ४९ हजार देखिएको उल्लेख छ ।

यस्तै महालेखाको प्रतिवेदनका अनुसार सुखीपुर नगरपालिकामा गत आर्थिक वर्ष सम्म २३ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको बेरुजु आर्थिक वर्ष २०७८/०७९ सम्मको अद्यावधिक गर्दा ३६ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको उल्लेख छ ।

गोलबजार नगरपालिकाको गत बर्ष सम्म रु. २९ करोड ७१ लाख ३६ हजार बेरुजु रहेकोमा हालसम्मको अद्यावधिक गर्दा ३७ करोड ४८ लाख ४५ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।

कर्जन्हा नगरपालिका गत आर्थिक वर्ष सम्म २० करोड ५० लाख ६६ हजार रहेको बेरुजु रकम २०७८/०७९ सम्ममा अद्यावधिक गर्दा २९ करोड ५ लाख २९ हजार रहेको महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख छ ।

कल्याणपुर नगरपालिका गत वर्ष सम्म ३४ करोड २२ लाख ९१ हजार देखिइएको बेरुजु रकम बढेर २०७८/०७९ मा ४१ करोड ८२ लाख ९४ हजार महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

धनगढीमाई नगरपालिकामा पनि अघिल्लो आर्थिक वर्ष सम्म ४० करोड ५१ लाख ८७ हजार रहेको बेरुजु हालसम्मको अद्यावधिक ५६ करोड ६३ हजार देखिएको उल्लेख छ ।

ADVERTISEMENT

मिर्चैया नगरपालिकामा गत वर्ष सम्ममा ४० करोड ६० हजार बेरुजु देखिएकोमा यस २०७८/०७९ सम्ममा आई पुग्दा ५१ करोड ३२ लाख ५५ हजार बेरुजु पुगेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

अर्नमा गाउँपालिकाको गत वर्ष सम्म १९ करोड ८७ लाख २ बजार रहेको बेरुजु यस आ.व.२०७८/०७९ मा अद्यावधिक गर्दा २३ करोड ३९ लाख ९२ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

औरही गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष सम्म ३० करोड ४७ लाख ६९ हजार रुपैयाँ देखिएको बेरुजु आर्थिक बर्ष २०७८/०७९मा अद्यावधिक ३२ करोड ६८ लाख ८ हजार रहेको महालेखाले देखाएको छ ।

यसैगरी नरहा गाउँपालिका महालेखाको प्रतिवेदनले देखाए अनुसार २७ करोड ९६ लाख १८ हजार बाट बढेर ४० करोड ४ लाख ८६ हजार बेरुजु रहेको छ । यता नवराजपुर गाउँपालिकामा अघिल्लो आ.व. सम्म ३ करोड ८ लाख ८५ हजार रहेको बेरुजु हालसम्मको अद्यावधिकमा १२ करोड ३२ लाख २७ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बरियारपट्टी गाउँपालिकामा गत वर्ष सम्म २४ करोड ३५ लाख ९० हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु .४१ करोड ६५ लाख ९४ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विष्णुपुर गाउँपालिकामा ३० करोड २८ लाख ७३ हजारको बेरुजु २०७८/०७९मा अद्यावधिक हुँदा ३६ करोड २२ लाख ६२ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यता भगवानपुर गाउँपालिकाको १० करोड ६७ लाख ५९ हजार बढेर हाल अद्यावधिक प्रतिवेदनमा उल्लेख भए अनुसार २१ करोड २१ लाख १२ हजार रहेको छ ।

यसै गरी लक्ष्मीपुर पतारी गाउँपालिकाको गत वर्ष सम्ममा २७ करोड ८५ लाख २४ हजार रहेको बेरुजु हालसम्मको अद्यावधिकमा ३४ करोड १९ लाख ५२ हजार पुगेको महालेखाको प्रतिवेदनले देखिएको छ ।

यता सखुवानाकन्कारकट्टी गाउँपालिकामा भने अघिल्लो आ.व.मा रहेको बेरुजु १२ करोड ७८ लाख १८ हजारबाट बढेर १७ करोड ७९ लाख ४१ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

फछर्यौट गर्न बाँकी रहेको सम्पूर्ण रकम असुल फछर्यौट गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सिराहा पालिकाको नाम           अद्यावधिक बेरुजु
सिराहा नगरपालिका                ८६ करोड ९४ लाख ६ हजार
लहान नगरपालिका                  ८५ करोड ४ लाख ४९ हजार
गोलबजार नगरपालिका            ३७ करोड ४८ लाख ४५ हजार
कर्जन्हा नगरपालिका                २९ करोड ५ लाख २९ हजार
कल्याणपुर नगरपालिका           ४१ करोड ८२ लाख ९४ हजार
मिर्चैया नगरपालिकामा             ५१ करोड ३२ लाख ५५ हजार
सुखीपुर नगरपालिका               ३६ करोड १४ लाख २८ हजार
धनगढीमाई नगरपालिका          ५६ करोड ६३ हजार
अर्नमा गाउँपालिका                   २३ करोड ३९ लाख ९२ हजार
औरही गाउँपालिका                    ३२ करोड ६८ लाख ८ हजार
नरहा गाउँपालिका                     १२ करोड ३२ लाख २७ हजार
बरियारपट्टी गाउँपालिका            ४१ करोड ६५ लाख ९४ हजार
विष्णुपुर गाउँपालिका                 ३६ करोड २२ लाख ६२ हजार
भगवानपुर गाउँपालिका             २१ करोड २१ लाख १२ हजार
लक्ष्मीपुर पतारी गाउँपालिका      ३४ करोड १९ लाख ५२ हजार
सखुवानाकन्कारकट्टी गाउँपालिका        १७ करोड ७९ लाख ४१ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?