विदेशमा गएर परिवार पाल्छु भन्ने युवालाई गृह प्रशासनले हत्या गर्‍याे : सभापति लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको बिरोध गर्नुभएको छ । .

सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनुभएको जिकिर गर्नुभयो । उहाँले सरकारले दुई युवाहरुको हत्या गरेको बताउनु भयो । भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गर्नुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गइ कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो । यो महशुस गरेर तपाईंहरु यो बैठकमा बस्नुहोला । हामीले दुई होनहार युवाको हत्या गरेका छौँ । तपाईको नेतृत्वमा देखिएको कमी कमजोरीका कारण प्रशासनले गम्भीरतापूर्वक अब लिँदैन । गोली कहिले चल्यो भन्नेकुरा स्पष्ट हुनुहुन्न अहिलेसम्म । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, समुन्द्रमा हराएको टाइटनिक भेटिएला तर तपाईहरुमा नैतिकता खोज्ने दुःशाहस म गर्दिनँ, भेटिँदैन । मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ । विभिन्न राजनीतिक आस्थामा तपाईले कार्यभार सम्हालीसकेपछि भएका घटनाहरुको दृष्टान्त दिनैपर्छ ।’

ADVERTISEMENT

सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?