
काठमाडौं । ‘आइएमई पे’ कन्दरा सांगीतिक ब्याण्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनरका रूपमा रहने भएको छ । आइएमई पे कन्दरा सांगीतिक ब्याण्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’, आन्तरिक पर्यटनको प्रवद्र्धन’ सन्देशका साथ नेपालका आठ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनरका रूपमा रहने भएको हो । ‘हङकङ पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारि×’, ‘डाँडापारि’ लगायतका कालजयी गीत प्रस्तुत गरी नेपाली फोक-पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्याण्डले यही पुस २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरु गर्दैछ । पहिलो कार्यक्रम पोखराबाट सुरु गरी काठमाडौंमा समापन गर्ने लक्ष्य रहेको कन्दरा ब्याण्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा-सामीप्य आदि संघ-संस्थाले प्रवद्र्धन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच