
काठमाडौं । इसेवाले अत्यधिक रुचाइएको इसेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ । दैनिक एक रुपैयाँभन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने इसेवा केयरमा यस्तो अफर ल्याएको हो । अफरअन्तर्गत वर्षको तीन सय ६० रुपैयाँमा दुई लाख ३० हजारसम्मको कभरेज प्रदान हुनेछ ।
यो सेवा खरिद गरेमा एक भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउने कम्पनीले जनाएको छ । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।
यस सुविधा प्रयोग गर्न इसेवाको मोबाइल एप्समा गई इसेवा केयर सेवाअन्तर्गत दैनिक एक रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि तीन सय ६० रुपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकले थुप्रै स्वास्थ्य सेवाका साथै अस्पताल भर्ना बिमा प्याकेज र दुर्घटना बिमाको सुविधा लिन सक्नेछन् ।
प्याकेजअन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दुई लाख ३० हजारसम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बिमा दाबी गर्न सकिनेछ । जसअन्तर्गत अस्पतालको बेड चार्जमा १० हजारसम्म र दुई लाख २० हजारसम्मको दुर्घटना बिमा उपलब्ध छ । साथै विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशतसम्म छुट पनि रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच