घोराही सिमेन्टको बोनस सेयर घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ गतेका लागि बुक क्लोज हुनेछ ।

पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?