काठमाडौं । एनपिटिसी लिमिटेडको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि हरिप्रसाद दाहाललाई अध्यक्ष पदमा मनोनयन गरेको छ । मंसिर १५ गते सम्पन्न संस्थाको २७औँ वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्विरोध निर्वाचित दाहाललाई आइतबार बसेको सञ्चालक समितिको पूर्ण बैठकले अध्यक्षमा मनोनयन गरेको संस्थाका कार्यकारी सञ्चालक लेखनाथ दाहालले जानकारी दिनुभयो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उपस्थितिमा सम्पन्न २९औँ वार्षिकोत्सव तथा २७औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध निर्वाचित गरेको थियो ।
निर्विरोध निर्वाचित सञ्चालक समितिमा हरिप्रसाद दाहाल, लेखनाथ दाहाल, तेजप्रसाद धमला, प्रतीक अधिकारी, वासुदेव भण्डारी, शोभा घिमिरे (अर्याल) र कुशसेन दाहाल रहेका छन् भने लेखा सुपरीवेक्षण समिति संयोजकमा मेघनाथ घिमिरे, सदस्यमा मोहनप्रसाद घिमिरे र सरस्वती कोइराला (खतिवडा) रहेका छन् ।
सञ्चालक समितिको बैठकले मनोनीत गरेको चारजना सञ्चालक समिति सदस्यमा मीनप्रसाद खतिवडा, तारा प्रधान, भावना मथुरा महत र खिलाकुमारी भट्टराई रहेका छन् । सञ्चालक समितिका ज्येष्ठ सदस्य मीनप्रसाद खतिवडाले हरिप्रसाद दाहाल संस्थाको अध्यक्ष हुनुभएको घोषणा गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा