काठमाडौं । समावेशी विकासका लागि नवीन आविष्कारहरू भन्ने नाराका साथ गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ आयोजना गरेको छ । नेपाल अतिकम विकसित देशबाट विकसित देशमा स्तरोन्नतिका सन्दर्भमा आयोजित दुईदिने कार्यशाला दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा भएको हो । कार्यशालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका प्रमुख सरकारी निकायका अधिकारीको सहभागिता थियो ।
कार्यशालामा विज्ञहरूले राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित प्रस्तुति दिएका थिए । उनीहरूले नेपालमा समावेशी र सहकार्यमूलक शासनका लागि नयाँ सम्भावनामा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए । गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्ल, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा तामाङ, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवं महिला अधिकारवादी रीता थापालगायतले समावेशी विकासमा जोड दिएका थिए ।
कार्यशालाको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोस्रो सत्रमा ब्रेकिङ व्यारियर्स : एडभान्सिङ बियोन्ड रेप्रेजेन्टेसन टु डिग्गनिटी एण्ड सेल्फ- डिटरमिनेसन विषयमा छलफल भएको थियो । पहिलो दिनको दोस्रो भागअन्तर्गत तेस्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिका लागि मुद्दा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।
गभर्नेन्स ल्याबका अध्यक्ष मल्लले भन्नुभयो, ‘राष्ट्रिय सुशासन गोष्ठी नेपालको विकास क्षेत्रका विविध आवाज एकै ठाउँमा ल्याउने मञ्च हो । यस्ता गोष्ठीले नीति निर्माता, कार्यान्वयनकर्ता र जनताबीचको सम्भाव्य खाडल कम गर्न भूमिका खेल्छन्, जसले समावेशी विकासका लागि व्यावहारिक समाधान र मार्ग पहिचान गर्न योगदान पुर्याउँछ ।’
नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, सहसचिव जीवलाल भुसाल, नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली, लुम्बिनी प्रदेशकी प्रमुख सचिव राधिका अर्याल, पूर्वसचिव चन्द्र घिमिरे, राष्ट्रिय योजना आयोगका सचिव यमलाल भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा