काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले बिहीबारदेखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार, फर्पिङ, अमरगढी, भिमादलगायतका शाखामार्फत् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले कम्पनीले दर्जन बढी विद्यालयका तीन सय बढी विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो ।
खासगरी कार्यक्रमले बालबालिका एवं युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुग्नुका साथै वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनविज्ञ विद्यार्थीलाई केन्द्रबिन्दुमा राख्नु मूल कर्तव्य ठानेर विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हाल दुई सय ८९ शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा