टिकटकले इमेल पठाएर राखेको जिज्ञासाको सरकारले जवाफ नफर्काउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल लेखेर राखेको जिज्ञासाको सरकारले तत्काल जवाफ नफर्काउने  भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको थियो ।

पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका बनाएकोमा प्रशंसा गरेको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताउनु भयो ।

ADVERTISEMENT

निर्देशिकाको प्रशंसा गर्दै लेखिएको पत्रमा यसबारे प्रस्ट पारिदिन उल्लेख समेत गरिएको छ। निर्देशिकाको केही अनुसूची र बुँदाबारे बुझाइदिन भनिए पनि मन्त्रालयले तत्काल इमेल नफर्काउने सुवेदीले बताउनु भयो ।

अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ फर्काउन नमिल्ने उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?