केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : नेता निधी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधीले लोकतन्त्र बिरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताउनुभएको छ ।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको जिकिर गर्नुभयो । निधीले एक अर्को प्रसंगमा निधिले २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने दाबी समेत गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ, यसपछि एकीकृत समाजवादी र काँग्रेस नेतृत्वको सरकार रहनेछ ।’

उहाँले गठबन्धनभित्र ३ प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको बताउनु भयो । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका मनोज चौधरी नेतृत्वको समूहलाई नेता निधीले काँग्रेसमा स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?