नृपेन्द्र बहादुर मल्ल, मुगु । लागू औषधको ओसारपोसार,व्यापार र प्रयोगलाइ नियन्त्रण गरि सभ्य, शान्त र लागू औषधमुक्त समाज बनाउन नेपाल प्रहरीले लालटिन अभियान शुरु गरेको छ ।
युवा पुस्ताहरुले लहलहैमा र विलासी जीवन जिउन आकस्मिक आर्थिक कमाइ गरि धनी बन्ने लालचमा परि लागू औषधको सेवन, व्यापार र ओसारपोसार गर्दा भित्र भित्र भुसमा आँगो लागे झैँ युवा र समाज उत्पादनशील भन्दा लागू औषधको लतमा फस्दै गएको भन्दै नियन्त्रण गर्न लाल्टिन अभियान चलाएको हो ।
सभ्य समाज, सक्षम र सुरक्षित समाज ,कानुनी राज्य बनाउने उद्धेश्यले प्रहरिले विभिन्न समयमा विभिन्न अभियान चलाउदै आएको छ । यी अभियान प्रहरीले निस्वार्थ रुपमा सञ्चालन र कार्यान्वयन गर्दै आएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले लागू औषध विरुद्ध लागू गरेको लालटिन कार्ययोजना–२०८० अनुसार लागू औषध नियन्त्रण गर्न जिल्ला देखि बस्तीस्तर हुँदै क्याम्पस, विधालयसम्म स्थानिय सरकार, नागरिक अगुवा, पत्रकार, युवा, महिला, विद्यार्थी, प्रहरी, स्थानिय प्रशासनको संलग्नतामा लालटिन अभियान समुह, समितिहरु बन्ने र ती समूह समितिहरुले लागू औषध नियन्त्रणका लागि आवश्यक भुमिका खेल्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपी) विरेन्द्र थापाले बताउनुभयो ।
कार्ययोजना अनुसार, जिल्ला स्तरीय लालटिन समन्वय डेस्क गठन भइसकेको छ । यो डेस्क प्रनाउ थापाको संयोजकत्वमा स्थानिय जनप्रतिनिधी छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्ल, कलेज विद्यालयबाट महाकाली नमुना माविका शिक्षक अर्जुन शाही, जिल्ला प्रशासन कार्यालयबाट हस्त बहादुर भाम, नागरिक अगुवाबाट रुपबहादुर मल्ल, संघ सस्थाबाट रारा छायानाथ, यातायातका सचिव सन्तोष शाही, नेपाल पत्रकार महासंघ मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, लागू औषध सुधार केन्द्रबाट रत्नचन्द्र जैशी सदस्य र जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखाबाट प्रकाश सिंह कार्की सदस्य सचिव रहेका छन ।
जिल्ला समन्वय डेस्क सँगै क्रमशः पालिका, वडा, वस्ती, क्याम्पस र विद्यालयमा पनि लाल्टिन संरचना गठन गरिने छन । यो अभियान स्थानिय सरकार र प्रहरीको साझेदारी र अन्य सरोकारवालाको सहभागितामा कार्यान्वयन हुने पनि प्रनाउ थापाले बताउनुभयो । शहरी क्षेत्र हुँदै लागू औषध सेवन, ओसारपोसार र व्यापार दुर्गम गाउँसम्म यातायातको सुविधा सँगै विस्तार हुँदै गएकाले समयमै नियन्त्रण गर्न यो अभियान चलाउनु परेको प्रहरीले बताएको छ ।
यो अभियन अन्तरगत गठन भएका सबै डेस्क, समूह, समितिहरुको मुख्य काम लागू औषध नियन्त्रणका लागि गाउँ समाजमा जनचेतना फैलाउनु, सम्वन्धित निकायमा सुचना दिनु, सेवनकर्ताको पहिचान गरि पुनर्जीवन दिने कार्य गर्नुसहित कार्ययोजनाले तोकेका कार्य गर्नु रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच