
काठमाडौं । दिगो पूर्वाधारमा साझेदारी भन्ने नाराका आयोजित ४६औँ इफाप्का सम्मेलन निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनअन्तर्गत शुक्रबार समापन सत्रमा इफाप्का अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्नुभएको हो । दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तनलगायतका कारण दिगोे पूर्वाधारको उद्देश्यमा चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तनलगायतका कारण चुनौती थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने उल्लेख छ । जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय पनि घोषणापत्रमा समेटिएका छन् । शहरी पूर्वाधारसहित ऊर्जा, यातायातलगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बताइएको छ ।
इफाप्कामा आबद्ध सदस्य राष्ट्रबीच अझ बलियो साझेदारी कायम गरिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ । मंसिर ५ गते सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो भने प्रधानमन्त्रीसहित मन्त्रीसहित सम्मेलनमा स्वदेश तथा विदेश गरी चार सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको महासंघले जनाएको छ ।
सम्मेलन समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीलाई सम्मान प्रदान गर्नुभएको थियो । जसअन्तर्गत सिभिल इञ्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्सन प्रालिले गोल्ड अवार्ड प्राप्त गरेको छ भने सोही विधामा सिल्भर अवार्ड जय विष्णु निर्माण सेवा प्रालिले प्राप्त गरेको छ । बिल्डिङ कन्स्ट्रक्सन विधामा समानान्तर निर्माण सेवा प्रालिले गोल्ड अवार्ड जितेको छ भने सिल्भर अवार्ड न्यु टेक्निकल इन्फ्रा प्रालिले प्राप्त गरेको छ ।
सोही अवसरमा दशौँपटकसम्म इफाप्का सम्मेलनमा सहभागी हुनुभएका पूर्वइफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव वीरेन्द्रराज पाण्डे पनि सम्मानित हुनुभएको छ । पाँचौँपटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्वअध्यक्ष जिपछिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्यसमिति सदस्य उज्ज्वल गौतम, इफाप्का बोर्ड मेम्बर सुशीलकुमार श्रेष्ठसहित निर्माण व्यवसायी वसन्तबहादुर चन्द, भीमबहादुर पाल, झकबहादुर गुरुङ, नवराज श्रेष्ठ र मुनेश्वर चौधरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
इफाप्का अध्यक्ष निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले शुक्रबार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गर्नुभयो । एक वर्षअघिदेखि इफाप्का अध्यक्षको जिम्मेवारीमा रहनुभएका सिंहले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । आगामी सम्मेलन सिंगापुरमा हुने भएको छ । नेपालले यसअघि सन् १९९९ मा ३०औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच