कुमारी बैंकको जुम्लाको चन्दननाथमा शाखा विस्तार

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । कुमारी बैँक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिकाको खलंगा बजारमा शाखा विस्तार गरेको छ । जुम्लाको बसपार्कमा ३०९ औँ शाखाका रुपमा सोमबार विहान एक कार्यक्रमका बिच विस्तार गरेको हो । संविभानसभा सदस्य तथा नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो । बैँकले जुम्लाका व्यवसायि, उद्यमी तथा स्थानीय तहलाई सहज रुपमा बैँकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो ।

जुम्लाको कनकासुन्दरीमा शाखा स्थापना गरि सेवा प्रवाह गरि रहेको उक्त बैँकले जुम्ला सदरमुकाममा पनि शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकबाट (क) वर्गको इजाजत पत्र प्राप्त गरेको बैँकले जुम्लाबाट विधिवत रुपमा सेवा शुभारम्भ गरेको छ । उक्त बैँकका कर्णाली प्रदेश प्रमुख चेत कान्त बन्जाडेले आधुनिक सेवा उपलब्ध गराउने योजना रहेको उहाँको भनाइ छ । एनसिसि र कुमारी बैँकका बीचमा मर्ज भइ सेवा सुरुवात भइ सकेको उहाँले बताउनुभयो ।

कुमारी बैँक कर्णालीको बैँक भएकाले ढुक्कका साथ रकम जम्मा गर्न उहाँले अनुरोध गर्नुभएको छ । बैँकबाट विभिन्न किसिमको ऋण उपलब्ध गराई विदेश जाने युवाहरुलाई रोक्ने प्रयास बैँकले गर्ने बन्जाडेको भनाइ छ । परिवार सुरक्षित बचत खाता कार्यक्रम मार्फत १० हजार जम्मा गरेको खण्डमा २६ लाखको बिमा हुने योजना समेत बैंकको विशेषता रहेको उहाँले जानकारी गराउनुभयो । संविधानसभा सदस्य ललितजंग शाहीले विपन्न वर्गको जीवनस्तर सुधार गर्नतिर ध्यान दिन आग्रह गर्नु भएको छ ।

ADVERTISEMENT

बैँकको रकमबाट नागरिकको जीवन स्तर सुधार हुनु पर्ने उहाँको भनाइ छ । मुस्कान सहितको सेवा उपलब्ध गराउन भन्दै उहाँले सेवा सहितको मुनाफा लिन पनि सुझाव दिनु भएको छ । यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कुमारी बैंकले खुल्ला अर्थतन्त्रको मान्यतालाई मध्यनजर गर्दै भरपर्दो सेवा दिनु पर्ने बताउनुभयो । बैँकले ग्राहकको बचतलाई सुरक्षित गराउने वातावारण दिनु पर्ने उहाँको भनाइ छ । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्राप्त हुने बैंकको विश्वास छ ।

बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको कुमारी बैंक ले जनाएको छ।२२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?