दाङमा दाजुभाई मृत अवस्थामा फेला

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ। दाङको तुलसीपुर गाइडहरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उहाँका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत सोमबार बेलुकी घरभित्र मृत अवस्थामा फेला परेका हुन् । पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे। मृतकमध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएपछि मंगलबार मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?