जग्गाको किर्तेको आरोपमा एक भारतीय नागरिकविरुद्ध मुद्दा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन–६ पडरी गाउँको ३४ विघा जग्गा किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक अनुप मेहरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले जग्गा प्रकरणमा भारतीय नागरिक मेहरामाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

गैर नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो । भारतीय नागरिक मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार संख्या कायम गरी गैर–कानुनी निर्णय गर्न लगाएको आयोगको ठहर छ ।

मेहरालाई सहयोग गर्ने नवलपरासीस्थित मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई यसअघि नै आयोगले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मेहराको नामबाट बिक्री वितरण भएको जग्गाको लिखत मूल्य पाँच करोड पाँच लाख ४२ हजार थियो । जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक मेहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ज) र सोही ऐनका दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने खाने प्रकारको मतियार रूपमा आयोगले विशेषमा मुद्दा दर्ता गरेको थियो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार यस अघि मुद्दा दर्ता गरिएका मालपोत र भूमिसुधार कार्यालयका कर्मचारीलाई गरिएको सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा सजाय मागदावी गरिएको छ ।

विशेष अदालत काठमाडौँमा विचराधिन रहेको उक्त मुद्धामा मेहरा फरार थिए । उनलाई विशेष अदालत परिसरबाटै पक्राउ गरिएको छ । नक्कली जग्गा धनी खडा गरि जग्गा बिक्री गरिएको भन्दै पश्चिम नवलपरासी सनईका किसानहरुले आन्दोलन गर्दै आएको पाल्हीनन्दन–६ का वडा अध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो ।

ADVERTISEMENT

नवलपरासीको साविक सनई गाविस ८ ख क.नं.१२१,२५१ । २९७ समेतको जग्गा हदबन्दी रोक्का रहेकोमा भूमाफिया, मालपोत र भूमिसुधार कार्यालयका कर्मचारीको मिलेमत्तोमा नक्कली जग्गाधनी खडा गरि रोक्का जग्गा फुकुवा गरेर विक्री गरेको पाईएपछि अख्तियारले भ्रष्ट्राचार मुद्धा चलाएको थियो ।

यस्तो छ, अख्तियारले दायर गरेको आरोप पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?