नेपाली फूलको प्रवद्र्धनका लागि महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो । शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताउनु भयो । उहाँले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने बताउनु भयो । उहाँले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताउनु भयो ।

उहाँले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवद्र्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने बताउनु भयो । उहाँले ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनु भयो । उहाँले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले शुरु गरेको बताउनु भयो ।

उहाँले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

 

ADVERTISEMENT

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?