‘एक साता अघि देखि खेलिने देउसी भैँलोले विकृति भित्र्यायो’

डम्मर बुढा मगर बागलुङ, संवाददाता

फाईल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । तिहार आउन अझै एक साता बाँकी छ । तर, बागलुङमा मंगलबारदेखि नै देउसी भैँलो खेल्न सुरु भएको छ । देउसी भँैलो खेल्नेले बागलुङ बजारका चोक र गल्लीहरुमा भीडभाड हुने गरेको छ ।

विभिन्न विद्यालय तथा संघ संस्थाहरु यति बेला बजारमा भैलो खेलिरहेका छन । सडकै बन्द गरेर देउसी भैँलो खेल्दा यात्रुले सास्ती खेप्नु परेको छ । काग तिहारबाट तिहार पर्व सुरु हुने भए पनि पछिल्लो समय त्यस अगावै देउसी भैँलो खेल्ने प्रचलन सुरु भएको छ ।

पहिले–पहिले तिहारको अघिल्लो दिनबाट गाउँ सहरमा देउसी भैँलो खेल्ने गरिए पनि अचेल एक साता पहिलेदेखि नै खेल्न थालिएको छ । यसले संस्कृतिका नाममा विकृति फैलिाउने काम भएको स्थानीय ७७ वर्षीय विरबहादुर खत्री बताउनुहुन्छ । उहाँले कागको पुजा गरेर तिहार पर्व मनाउन सुरु गर्ने भन्दै अहिले संस्कृति र परम्पराभन्दा बाहिर गएर चाडबाड मनाउने गरिएको बताउनुभयो । आफ्ना पालामा मौलिक संस्कृतिको संरक्षण गर्दै पर्व मनाउने गरिएको स्मरण गर्दै अहिलेका पर्वले मौलिकता गुमाएको खत्रीको भनाइ छ ।

ADVERTISEMENT

‘यो तरिका नै भएन, तिहार आउँन अझै एक साता छ, यति छिटै भैलो खेल्न सुरु गर्नु गलत हो, हरेक चाडबाडको आ–आफ्नो महत्व र संस्कृति हुन्छ, देउसी भैलो जति बेला मन लाग्यो उति बेला खेल्ने खेल होइन,’ उहाँले भन्नुभयो – ‘यो विकृति हो, यसलाई सरोकारवाला निकायले रोक्नु पर्छ, यही हिसाबले गर्दै जाने हो भने अब आउने पुस्ताले के सिक्छन् ?, देउसी भैलो लेखे पनि काग तिहारको भोलीपल्टबाट बल्ल खेल्नुपर्छ ।’

जिल्ला प्रशासन कार्यालय बागलुङले राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने बताएको छ । रातको समयमा विभिन्न किसिमका घटना हुने हुँदा देउसी र भैँलो खेल्नका लागि ९ बजेको समयसीमा तोकेको सहायप्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । प्रशासनले आ–आफ्नो कला, संस्कृतिको संरक्षण हुने गरी, अरुको धर्म–संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्द्रपूर्ण तरिकाले मनाउनसमेत आग्रह गरेको छ ।

प्रशासनले देउसी, भैलो, नाचगान जस्ता कार्यक्रम सार्वजनिक यातायातलाई असर नपर्ने गरी मर्यादित तथा अनुशासित सञ्चालन गर्न आग्रह गरे पनि अटेर गरि देउसी भैलो खेलि रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?