राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

जाजरकोट भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित भएको हो ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

ADVERTISEMENT

गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।

सरकारले उहाँको भ्रमण स्वीकृत गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?