आत्मरक्षा सिक्दै अपाङ्गता भएका महिला तथा किशोरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ वेलासपुरमा अपाङ्गता भएका महिला तथा किशोरीहरूलाइ आत्म रक्षा तालिम दिइएको छ ।

सुनवल सामुदायिक विकास केन्द्रको सहजीकरण तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वय एवम् युनाइटेट मिसन टु नेपाल , अस्ट्रेलियन ऐड, ट्रान्सफर्म ऐडको सहयोगमा अपाङ्गता समावेशी विकास परियोजना अन्तरगत किशोरी मैत्री वातावरण निर्माणका लागि अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि एक दिने आत्म रक्षा तालिम सम्पन्न भएको छ ।

सुनवल सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित अपाङ्गता समावेशी विकास परियोजना अन्तर्गत अपाङ्गता भएका महिला तथा किशोरीहरुका लागि आत्मरक्षा तालिम पाल्हीनन्दन गाउँपालिकाकि उपाध्यक्ष फातुमा खातुन अन्सारीले देशमा बढ्दो महिला हिंसाका घटनाहरू विरुद्ध सशक्त ढङ्गले कदम चाल्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै विगतका दिनमा गाउँपालिकाले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । समाजमा भइरहेको बिकृति तथा बलात्कारको घटनालाई न्यूनीकरण गर्ने सहि उपाय रहेको तथा आगामी दिनमा पनि सवै सरकारी निकाय,गैरसरकारी संघसंस्था एक जुट भइ बलात्कार तथा महिला हिंसा विरुद्ध सचेतना अभियान चलाउनु पर्नेमा जोड दिँदै गाउँपालिकाको सहयोग सधै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल , सुनवल सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक राधा सापकोटा, सुमन ढुंगाना, सामाजिक परिचालक रंगीता लोहार, गृजेश शर्मा र यूवा अभियन्ता इमरान अलि लगायतले बोल्दै आत्मारक्षा तालिमले समतामुलक समाज निर्माण गर्ने सहयोग गर्ने बताउनुभयो ।

किशोरीहरूलाई आत्मरक्षा तालिममा २५ जना महिला र किशोरीहरुको सहभागी रहेको कार्यक्रममा गणेश गुरुङले सहजिकरण गर्नु भएको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?