क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रश्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो । उनीहरु उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले प्रश्तावित राजदुत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रश्ताव गर्नुभयो । सो प्रश्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

ADVERTISEMENT

समितिको बैठकमा ज्येष्ठ सदस्य सभापति जबराले भन्नुभयो, ‘प्रश्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रश्ताव गर्दछु ।’

उहाँले प्रश्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रशारण गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुने छ। समितिले अनुमोदन गरे पछि राजदूत नियुक्त हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?