काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले दशैँ, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, बागमती प्रदेश कृषिमन्त्रीका सल्लाहकार एवं डेरीविज्ञ नारायणबहादुर श्रेष्ठ, केन्द्रीय दुग्ध उत्पादक सहकारीका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा, महासचिव राम आचार्य, एन प्याब्सन केन्द्रीय अध्यक्ष पाण्डव हमाल, एमनेष्टी इनटरनेसनलका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारी, राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत विदुर राई र ओम खरेलको उपस्थिति थियो ।
त्यस्तै एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, उपाध्यक्ष मनोजकुमार घिमिरे, सहकोषाध्यक्षलगायतले दुग्ध क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि डेरी उद्योग र दुग्ध किसानका समस्या समाधानमा जोड दिएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा