इजरायलमा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लगियो

Read Time = 2 mins

काठमाडौं ।  बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको छ ।

इजरायलको  युद्ध क्षेत्रबाट उद्धार गरी उनीहरुलाई सुरक्षित स्थानतर्फ लगिएको हो ।

बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालका अनुसार नेपाली विद्यार्थीहरू शनिबार बिहान ७ बजेदेखि बंकरमा रहेको र ११ जनामध्ये ३ जना छात्रा थिए । दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको उहाँले जानकारी दिनुभएकाे छ ।

ADVERTISEMENT

रिजालका अनुसार हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। हाम्रो केही साथीहरू गइसक्नुभयो। हामी ४–५ त्यो गाडीमा अटेनौं,’ रिजालले भन्नुभएको छ ,‘अब केही आश पलाएको छ। नेपाल सरकारले एक–दुई दिनभित्र हामीलाई ‘रेस्क्यु’ गरे हुन्छ।’

नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?