क्वीन्टल सुन ६० किलो हुनुमा सरकारको मिलोमतो छ : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाउनुभएको छ । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उहाँले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाउनु भयो ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उहाँको भनाई छ । उहाँले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताउनु भयो ।

ADVERTISEMENT

सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाउनु भयो । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताउनु भयो।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उहाँले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाउनु भयो ।

जनता आर्थिक मन्दीको मार खेपिरहेको वेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीले आरोप लगाउनु भयो । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, अहिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन  ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?