निगम र निजी संगठनबीच सहकार्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रका संगठनबीच साझेदारीका लागि सम्झौता भएको छ । निगम र नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय व्यवसायी पहल, नेपाल युवा उद्यमी मञ्च र नेपाल उद्योग परिसंघ युवा उद्यमी कोशी प्रदेशबीच सम्झौता भएको हो ।

ADVERTISEMENT

सम्झौतापत्रमा निगमका अध्यक्ष युवराज अधिकारी र निजी क्षेत्रका संगठनका अध्यक्षले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार उल्लेखित संगठनहरूमा आबद्ध पदाधिकारी, सदस्य, कर्मचारी र परिवारले यात्रा गर्दा नेपाल एयरलाइन्सबाट उडान गर्ने र उक्त संस्थाले आयोजना गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवद्र्धन गर्ने रहेको छ । उक्त कार्यका लागि निगमले भाडादरमा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?