नेपालकाे शिक्षा क्षेत्र बर्बाद पार्न व्यवस्थापन समिति लादिएको हो, यसको आवश्यकता छैन : अमरेशकुमार सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले राहत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्ने भनेर सरकारले गरेको सम्झौता आपत्तिजनक रहेको बताउनु भएको छ ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद सिंहले शिक्षा मन्त्रीले गरेको सम्झौता राष्ट्रघाती काम भएको बताउनु भएको हो ।

उहाँले राहत शिक्षकलाई खुला प्रतिस्पर्धामा सामेल नगरी स्थायी गर्ने हो भने नेपालको शिक्षा क्षेत्र तहस नहस हुने बताउनु भयो ।

ADVERTISEMENT

‘राहत शिक्षकहरू त्यतिकै स्थायी हुन्छ, त्यो जुन सम्झौता गर्नुभएको छ, त्यो शिक्षा क्षेत्र समाप्त पार्ने कुरूप रूप हो । तपाईँले देशका लागि सबैभन्दा ठुलो घात गर्नुभएको छ । त्यसकारण शिक्षामा गुणस्तरीयताका लागि प्रतिस्पर्धी शिक्षक हुनै पर्छ । दलको झोलेहरूलाई दलका आधारमा नियुक्ति दिने, त्यसले नेपालमा शिक्षाको स्तर बढ्छ ? त्यो हुन सक्दैन । त्यसैले गुणस्तरीय शिक्षामा ध्यान दिनका लागि दुई थरी शिक्षा दिने काम रोक्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

‘शिक्षक सेवा आयोग बनेको छ त्यहाँबाट परीक्षा लिइँदैन। जबसम्म व्यवस्थापन समिति खारेज हुँदैन विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो, शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एनजीओकरण गराएर, व्यवस्थापन समितिको कुनै आवश्यकता छैन। आफ्नो श्रीमती, भतिजा, छोरीलगायत आफ्नोलाई बिना परीक्षा नियुक्ति गर्नलाई त्यही भएको छ।’ उहाँले भन्नुभयो ।

व्यवस्थापन समितिलाई नियुक्तिको अधिकार दिनु नै गलत भएको बताउनु भयो । अहिले आएको शिक्षा विधेयकले विद्यार्थीको भलो नगर्ने बताउँदै सिंहले २०४७ सालपछि शिक्षा क्षेत्र बिग्रन थालेको र संघीय गणतन्त्र आएपछि कसैले पढ्न नपर्ने त्यसै सर्टिफिकेट बाँडिदिए हुने भन्ने अवस्था भएको बताउनु भयो।
सांसद सिंहले विद्यालय, विद्यार्थी, भौतिक संरचना भए पनि शिक्षक नहुँदा विद्यालय शिक्षा प्रभावित समेत हुँदै गएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?