भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताउनुभएको छ ।

शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रीपरिषद्मा पुगेको जानकारी दिनुभएको हो । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको बताउनु भयो ।

उहाँले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘भिभिआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भिभिआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई बिस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई बिस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ । त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको छ । अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कम भन्दा कम आम नागरिकलाई असर पर्नेगरी भिभिआईपीको भ्रमण गर्नेगरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । बिस्तारै त्यो लागू भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्युको भिजिटबाट प्रमाणित हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?