‘कार किन्दा स्कुटर उपहार’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हेनरी कारको नेपालस्थित आधिकारिक बिक्रेता पायोनियर वल्र्डवाइड प्रालिले दशैँ, तिहार र छठका अवसरमा ‘दशैँ–तिहारको बहार, कार किन्दा स्कुटर उपहार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत मंसिर ५ गतेसम्म हेनरी कार खरिदमा ग्राहकले स्कुटर ब्राण्डको इटी-३ मोडल इलेक्ट्रिक स्कुटर प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक गाडी खरिदमा एक वर्षको बिमा र वार्षिक कर पनि कम्पनीले उपलब्ध गराउने जनाएको छ ।

ADVERTISEMENT

चिनियाँ डोङ्फेङ ग्रुप र निशान मोटर्सको संयुक्त परियोजनाअन्तर्गत निर्माण भएको हेनरी मिनीकारमा १७ किलोवाट आवरको ब्याट्री, ३५ किलोवाटको मोटर, पाँच ढोकाका साथै अलोई हिृवल, एबिस, हिलहोल्ड असिस्ट, इलेक्ट्रोनिक स्टेरिङ, पावर विन्डो, पार्किङ क्यामेरा, रिभर्स पार्किङ सेन्सरलगायतका विशेषता रहेको कम्पनीका निर्देशक श्यामसुन्दर सापकोटाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?