टीभी स्क्रीन र क्यान्सर उपचारमा प्रयोग हुने प्रविधिलाई नोबेल पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याएका तीन वैज्ञानिकले पाउने भएका छन्। उनीहरूले क्वान्टम डट को खोजी र संश्लेषण गरेका छन्।

नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ।

क्वान्टम डट भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।

तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ।

तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्। बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा कार्यरत छन्। अलेक्सी रुसी हुन् भने बावेन्डी प्यारिसमा जन्मिएका हुन्। ब्रस अमेरिकी हुन्।

पहिल्यै चुहिएको थियो विजेताको नाम

औपचारिक रूपमा घोषणा हुनुअघि नै स्वीडनको रोयल अक्याडमी अफ साइन्सेजले जारी गरेको एउटा विज्ञप्तिमा विजेताहरूको नाम देखा परेको थियो।

अक्याडमीले कसरी त्यसो भयो भन्नेबारे बुझ्ने प्रयास भइरहेको जनाएको छ। यो निकै दुःखद कुरा हो। जे भयो त्यसका लागि हामी क्षमा माग्छौँ,अक्याडमीका अध्यक्षले भने।

औपचारिक घोषणा हुनुभन्दा केही बेरअघि बसेको बैठकले विजेताको नामबारे अन्तिम निर्णय लिएको उनको दाबी छ। यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो।

कोभिड(१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रु भाइस्मानले चिकित्साशास्त्रतर्फ उक्त सम्मानित पुरस्कार पाउने भएका हुन्।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

यो वर्ष भौतिक शास्त्रतर्फको पुरस्कार ुसूक्ष्म कालखण्डु पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लुहुलिएले पाउने भएका हुन्।

ADVERTISEMENT

नोबेल पुरस्कार समितिका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाएकोमा उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। एक एटोसेकन्ड भनेको एक सेकन्डको १,०००,००,०००,००,०००,००,०००औँ भाग हो।

के हो क्वान्टम डट ?

क्वान्टम डट निकै सूक्ष्म हुन्छ। त्यसको आकार एक मिलिमिटरको दशौँ लाख अंशजत्रो हुन्छ। ती कणको आकारले तिनमा ऊर्जा दिँदा निस्किने प्रकाशको रङ्ग निर्क्योल गर्छ।

साना क्वान्टम डटहरू नीला हुन्छन् भने ठूला चाहिँ पहेँला र राता हुन्छन्।

लामो समयसम्म कसैलाई पनि त्यति सूक्ष्म कण बनाउन सकिन्छ भन्ने लागेको थिएन, पुरस्कार घोषणा गर्दै अक्याडमीले भन्यो, तर यस वर्षका विजेताले त्यसो गर्न सके।

क्वान्टम डटले मानवजातिलाई धेरै फाइदा पुर्‍याएको अक्याडमीले जनाएको छ। यसअघि कसले पाएका थिए पुरस्कार

गत वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्प्लेसलाई ुक्लिक केमिस्ट्रीु पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गरिएको थियो।

उनीहरूको खोज क्यान्सरविरुद्ध उपचारविधि निर्माण गर्न उपयोगी बनेको थियो। त्यसले सोझै ट्यूमर गराउने कोषहरूलाई लक्ष्य बनाउन सघाएको थियो।

२०२१ः बेन्जामिन लिस्ट र डेभिड म्याक्मिलनलाई एक अर्काको प्रतिबिम्ब हुने अणुहरू निर्माणका लागि
२०२०ः एमानुएल शार्पन्टिएर र जेनिफर डाउड्नालाई डीएनए सम्पादन गर्ने प्रविधिका लागि
२०१९ः जोन बी गुडइनफ, एम स्टान्ली ह्विटिङहम र अकिरा योशिनोलाई लिथिअम(आयन ब्याट्रीको विकासका लागि
२०१८ः अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड र जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरलाई एन्जाइमबारे गरिएका अनुसन्धानका लागि।
२०१७ः ज्याक डुबोचे, युआकिन फ्रान्क र रिचर्ड हेन्डर्सनलाई जैविक अणुहरूको तस्बिरलाई परिस्कृत बनाएकाले
२०१६ःजीन(पिएर सोभाज, फ्रेजर स्टोडार्ट र बर्नार्ड फेरिङ्गालाई अणुहरूको आकारमा सूक्ष्म यन्त्र बनाएकाले
२०१५ः थोमस लिन्डाल, पल मोर्ड्रिच र अजिज सान्चरलाई डीएनए मर्मतको अन्वेषणका लागि।

अब कुन विधामा बाँकी?

अब बिहीवार साहित्यतर्फ र शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने छ। आगामी सोमवार अर्थशास्त्रतर्फका विजेताका नाम घोषणा गरिने छ। स्वीडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए।बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?