जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । उहाँले स्वास्थ्यकर्मीको सुरक्षामा अवारोध पुर्‍याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

ADVERTISEMENT

उपचारमा लापरबाही भएको शङ्का लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवेदन दिन सकिने जारी सूचनामा बताइएको छ ।

ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी/कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍याए तीन वर्षसम्म कैद वा रु तीन लाख जरीवाना वा दुवै सजाय हुनसक्छ ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?