स्टकहोम । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोष्टिनी, हंगेरी-अष्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली-स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो ।
पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेण्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उहाँहरूलाई सम्मान गरिएको जुरीले बताएको छ । एटोसेकेण्ड यति छोटो हुन्छ कि एक सेकेण्डमा त्यति नै सेकेण्ड हुन्छ जति बहृमाण्डको उत्पत्तिपछि भएको थियो ।
जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रिया नाप्न प्रयोग गरिन्छ । ‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ ।
अगोष्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीमा प्रोफेसर हुनुहुन्छ भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुनुहुन्छ । त्यसैगरी स्विडेनको लुण्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौं महिला हुनुहुन्छ । रासस/एएफपी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा