पन्द्र दिने भ्रमण पछि प्रधानमन्त्री स्वदेश फिर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा अवतरण गर्नुभएकाे छ ।

अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित बिमानस्थलमा अबतरण गर्नुभएकाे हाे ।

अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे ।

ADVERTISEMENT

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गर्नुभएकाे थियाे ।

उहाँको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषी मन्त्री महेन्द्रराय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसमेत फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?